logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी घेदुङको अध्यक्षमा पाख्रिन


  • उज्यालो अभियान

लालबन्दी, ३१ चैत – सर्लाहीको लालबन्दीमा नेपाल तामाङ घेदुुङको दोस्रो नगर अधिवेशन हिजो सम्पन्न भएको छ ।

लालबन्दी ९ मा रहेको होटल आर्यामा आयोजत अधिवेशनले लालबन्दी ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिनको नेतृत्वमा घेदुुङ लालबन्दीको सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनको हिजो दिउँसो नेपाल तामाङ घेदुुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले उद्घाटन गरेका थिए ।

उद्घाटन अघि लालबन्दी बजारमा तामाङ समुदायको भेषभुुषा र पहिचान झल्कने झाँकी र र्यालीसहित लालबन्दी बजार क्षेत्रमा परिक्रमा गरिएको थियो ।

उता बरहथवामा नेपाल कथबनिया सेवा समाजको तेस्रो राष्ट्रिय महाधिवेशन हिजो सकिएको छ ।

अधिवेशनले सर्लाही बरहथवाकै सुरेन्द्र दासलाई सर्वसम्मतरुपमा समाजको केन्द्रीय अध्यक्षमा चयन गरेको छ ।