logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ट्रकको ठक्करबाट एक जनाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपूर्वा, २९ चैत – सर्लाहीको हरिपूर्वामा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टी गर्दै दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए । मृतक स्थानीय वासिन्दा नै रहेको बुुझिएको छ ।

मृतकको शव र दुर्घटनामा संलग्न ट्रक घटनास्थलमै रहेको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाउने काम गरिरहेको डिएसपी राईले बताए ।

घटनास्थलमा अहिले व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।