सन्जु कर्ण/हरिवन, २९ चैत – खाद्य स्वच्छता तथा सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम बिहीबार सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रयण डिभिजन कार्यालय मलंगवा, सर्लाहीको आयोजना तथा उद्योग वाणिज्य संघ हरीवनको सहआयोजनामा स्थानीय तहसँगको सहकार्यमा स्ट्रिटफ्डको खाद्य स्वच्छता रंगको प्रयोग, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका हो । खाद्य स्वच्छतामा लगानी बढाऔं, अप्रत्याशित अवस्थाको पुर्वतयारी गरौं भन्ने मुल नाराको साथमा भएको अन्तरक्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रयण डिभिजन कार्यालय मलंगवाका प्रमुख भरत बहादुर पुरी, प्राविधिक सहायक अनुराधा यादव तथा प्राविधिक साहायक दिनेश ढुगानाले सहजीकरण गर्नुभएको उद्योग वाणिज्य संघ हरीवनका अध्यक्ष प्रयागराज पोतेले बताए ।
हरिवनमा रहेको द बर्गर हाउसमा भएको कार्यक्रममा होटल ब्यवसायी र चटपटे ब्यवसायीहरुको उलेख्य सहभागीता रहेको संघका अध्यक्ष पोतेले जानकारी दिए ।