logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

समाचार प्रभाव : फूलजोर पुलको मर्मत सुरु


  • उज्यालो अभियान

जब्दी, २७ चैत – जब्दीस्थित फूलजोर खोलाको पुल आजबाट मर्मत गर्न सुरु भएको छ ।

लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलमा दुवैतर्फ ठूलो खाल्डो परेर जोखिम बढेकोबारे दुुई दिनअघि उज्यालो अभियान अनलाईनमा समाचार प्रकाशित गरेको थियो । ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्यामबहादुर थापाले आजबाट निर्माण व्यवसायीले पुलको दुवैतर्फको भागमा मर्मतको काम सुरु गरेको उज्यालो अभियानसँग बताए ।

पुल ठीकठाक अवस्थामा रहेपनि जब्दी र रामपुर दुवैतर्फका सडकमा माटो र गिट्टी बगेर ठूलो खाल्डो पर्दा सवारी दुर्घटनाको जोखिम अत्यधिक बढेको थियो ।