logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

विद्युतीय सुरक्षा दिवस मनाइयो


  • उज्यालो अभियान

मलंगवा, २६ चैत – सर्लाहीमा नेपाल विद्युत प्राधिकरणको तीनवटै वितरण केन्द्रले आज विद्युतीय सुरक्षा दिवस–२०८१ मनाएका छन् ।

मलंगवा, लालबन्दी र बरहथवामा रहेका वितरण केन्द्रले सचेतनामूलक कार्यक्रम गरी विद्युतीय सुरक्षा दिवस मनाएका हुन् । “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं” भन्ने मुल नारासहित तीनवटै वितरण केन्द्रले र्याली निकालेका छन् ।

कार्यालयका कर्मचारी, प्राविधिक र मजदुर सहभागी भएर विद्युत दुर्घटनाबाट बच्ने विभिन्न नारा लेखिएको प्ले कार्डसहित बजार परिक्रमा गर्दै दिवस मनाइएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख एवं इन्जिनियर उमेशकुमार यादवले जानकारी दिए ।

‘सहभागीले प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित उपयोग गरौं’, ‘सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा’, ‘नगरौं है चोरीको धन्दा, परिएला कानुनको फन्दा’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

असवधानी र चोरी गर्दा हुने विद्युत दुर्घटना न्यूनिकरण गर्ने मुल उद्देश्यसहित चेतनामूलक ढङ्गले विद्युत सुरक्षा दिवस मनाइएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले बताए ।