logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

महिला उद्घोषण तालिम सम्पन्न


  • उज्यालो अभियान

परवानीपुर, २६ चैत – लालबन्दी नगरपालिका–१६, परवानीपुरमा ५ दिने महिला उद्घोषण तालिम आज सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजनामा चैत २२ गतेदेखि सुरु भएको ५ दिने तालिमको आज समापन गरिएको हो । तालिममा वडाभित्रका किशोरी तथा महिला सहभागी भएका थिए ।

सहभागीलाई आज प्रमाण–पत्र वितरण गदै तालिमको समापन गरिएको हो । उमा थापाको अध्यक्षता तथा उपमेयर कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा आयोजित महिला उद्घोषण तालिममा वडाध्यक्ष गणेशबहादुर थापा, नगरपालिकाका अधिकृत गोपाल थापा, वडा सचिव विष्णु गौतमलगायतको आतिथ्यता रहेको थियो ।

सहभागी महिलालाई कृष्ण गौतम, समिर सुवेदी र दीपक साशंकरले प्रशिक्षण प्रदान गरेका छन् ।