logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

फूलजोर खोलाको पुल जोखिमपूर्ण, ठूलो भ्वाङ पर्यो


  • उज्यालो अभियान

जब्दी, २५ चैत – लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुल जोखिमपूर्ण बनेको छ ।

पुलको दुवैतर्फको भागमा ठूल्ठूला खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् । पुललाई जोड्ने सडकको गिट्टी र माटो बगेर ठूलो खाल्डो परेका कारण सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको लालबन्दी नगरपालिका–३, का वडाध्यक्ष वुद्धदेव चौधरीले बताए ।

पुलको दुवैतर्फ गएको वर्षायाममै गिट्टी र माटो बगाएर ठूलो खाल्डो परेको थियो । रामपुरतर्फको भागमा भर्खरै पुल छेउमै सडकमा पुनः ठूलो भ्वाङ पर्दा सोही भ्वाङमा साइकल, मोटरसाइकलजस्ता साना सवारी पर्ने जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

सडक डिभिजन कार्यालय चद्रनिगाहपुरका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर अरुणकुमारलाल कर्णले फुलजोर खोलाको पुलमा हरेक वर्ष खाल्डो र भ्वाङ पर्ने समस्या आइरहेको बताए । पुलको दुवैतर्फको भागमा माटो भरेर कालोपत्रे गर्ने पुरानै ठेक्का भएपनि विविध कारणले काम गर्न नसकिएको उनले स्वीकार गरे ।