logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मलंगवामा शोभा यात्रा निकालियो


  • उज्यालो अभियान

मलंगवा, २४ चैत – रामनवमीको अवसरमा आज सर्लाही सदरमुकाम मलंगवामा भव्य शोभा यात्रा निकालिएको छ ।

नगरपालिका चौकमा रहेको ऐतिहासिक राम मन्दिर बाट सुरु गरिएको शोभा यात्राले नगर परिक्रमा गरेको थियो ।

समाजसेवी संजय यादवको अध्यक्षतामा सुरु गरिएको डोला शोभा यात्रामा पूर्व मन्त्री राजेन्द्र महतो, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र सिंहलगायत नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यात्रामा भजन–कीर्तन, धार्मिक झाँकी तथा श्रद्धालुहरूको उत्साहपूर्वक सहभागितामा शोभायात्रा निकालिएको हो ।