लालबन्दी, २१ चैत – नवलपुरस्थित सवस्टेशनमा खराबी आउँदा सर्लाही जिल्लाभरको बिजुली अवरुद्ध बनेको छ ।
चर्को गर्मीमा बिजुली अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् भने बिजुलीबाट हुने काम ठप्प भएको छ ।
अहिले सवस्टेशनमा आएको खराबी समाधान गरेर बिजुली सूचारु गर्न प्राविधिक खटिएका छन् ।