logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

जनज्योतिमा निर्वाचित स्ववियु पदाधिकारी र सदस्यको पदस्थापन


  • उज्यालो अभियान

लालबन्दी, २० चैत – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी र सदस्यको आज शपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

यही चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट निर्वाचित सभापति समिर सिंहसहित अन्य पदाधिकारी र सदस्यको शपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यलाई लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीले सपथ ग्रहण गराएका हुन् ।

स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट अ‍ेनरास्ववियुका समिर सिंह निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस निकट नेविसंघबाट एक जना सदस्य बाहेक बाँकी सदस्य र अन्य पदाधिकारी सबै सिंहकै प्यानलका उम्मेदवार बिजयी भएका थिए ।