मलंगवा, १८ चैत – सर्लाहीका मुस्लिम समुदायले आज ईद उल फित्र मनाएका छन् ।
यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् ।
सर्लाहीमा मुस्लिम समुदायको बसोवास रहेको जिल्ला सदरमुकाम मलंगवासहित ईश्वरपुर, हरिपुर, पर्सा, हरिपूर्वा, गोडैता, चक्रघट्टालगायत २० वटै पालिकामा ईद पर्व मनाइएको हाम्रा संवाददाताले जनाएका छन् ।
सरकारले ईद उल फित्रका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको थियो ।