लालबन्दी, १८ फागुन – पूर्वपश्चिम राजमार्ग बढाउन काम गरिरहेको जेसिबीले नवलपुरमा पोल ढाल्दा लालबन्दी क्षेत्रको बिजुली अवरुद्ध भएको छ ।
नवलपुरस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि जेसिबीले आज अपरान्ह एउटा पोल फेदैदेखि ढालेपछि लालबन्दी, पत्थरकोट, रानिगन्ज, परवानीपुर, घारिबथान क्षेत्रमा बिजुली अवरुद्ध भएको हो । लाईन सूचारु गर्न प्राविधिक खटिएर पोल उठाउने काम गरिरहेका नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले जनायो ।
बत्ती नहुँदा यस क्षेत्रमा बिजुलीबाट हुने काम ठप्प भएको छ ।