प्रतिकात्मक तस्बिर ।
लालबन्दी, १७ चैत – लालबन्दी नगरपालिका ९ बस्तीपुर लाफा चौरमा आज बिहान अचेत अवस्थामा फेला परेका युवकलाई मृत घोषणा गरिएको छ ।
अचेत अवस्थामा भेटिएका युवकलाई नगर अस्पताल लालबन्दी हुँदै मोडेल अस्पताल लालबन्दी लगेर इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर सुजन पाठकले जानकारी दिए ।
मृतक मोरङको पथरी शनिश्चरे नगरापलिका–३, का ३५ वर्षीय सविन राई रहेका छन् । राई बस्तीपुरस्थित दिदीको घरमा केही दिनअघि आएको बुझिएको छ ।
प्रहरीले घटनाको सम्वन्धमा थप अनुसन्धान अघि बढाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको इन्स्पेक्टर पाठकले बताए ।