logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मुसहर महिलालाई स्यानेटरी प्याड वितरण


  • उज्यालो अभियान

लालबन्दी, १५ चैत – लालबन्दी नगरपालिका–४, हरिभवनस्थित मुसहर बस्तीका किशोरी र महिलालाई आज स्यानेटरी प्याड वितरण गरिएको छ ।

लालबन्दी नगरपालिका–७, निवासी नेपाली कांग्रेस सर्लाहीका सह–सचिव इन्द्र योन्जनले उपलब्ध गराएको ६० थान स्यानेटरी प्याड मुसहर बस्तीमा पुगेर किशोरी र महिलालाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर र चेतनास्तर समेत न्यून रहेका मुसहर बस्तीका किशोरी एवं महिलालाई महिनावारीका समयमा सरसफाईमा विशेष ख्याल गर्न र दुषित कपडाको साटो प्रत्येक पटक महिनावारी हुँदा स्यानेटरी प्याड नै प्रयोग गर्न आग्रह गर्दै प्रत्येकलाई एक/एक थान प्याड उपलब्ध गराइएको नेपाल विद्यार्थी संघ (नेविसंघ) को जनज्योति बहुमुखी क्याम्पस इकाइ समितिकी उपसभापति एवं नवनिर्वाचित स्ववियु सदस्य प्रकृति खनालले जानकारी दिईन् ।

मुसहर बस्तीका किशोरी र माहिलामाझ पुगेर पुनः यसैगरी सचेतनामूलक कार्यक्रम गर्ने लक्ष्य रहेको खनालले बताईन् । चेतनाको कमी र आर्थिक अभावका कारण अझै पनि मुहसरसहित अन्य समुदायका महिलाले महिनावारीका समयमा प्याडको विकल्पमा बारम्बार एउटै कपडाको फोहोर प्याड प्रयोग गर्ने गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका जिल्ला सह–सचिव योन्जनले केही दिनअघि जनज्योति बहुमुखी क्याम्पसलाई समेत स्यानेटरी प्याड उपलब्ध गराएका नेविसंघ क्याम्पस इकाइ समितिका सभापति निर्मल अधिकारी (सफल) ले बताए ।