परवानीपुर, १२ चैत – बहुजन एकता पार्टी नेपालले आफ्नो नीति अनुसार समाजमा जागरण फैलाउने उद्देश्यले बहुजन स्वभिमान यात्रा अन्तर्गत लालबन्दी १६परवानीपुरमा कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टीका केन्द्रिय वरिष्ठ नेता एवं संगठन प्रभारी राजाराम पासवान प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको अध्यक्षता विष्णु दर्जीले गरेका थिए ।
प्रमुख अतिथि पासवानले अल्पजन बनाइएको समाजलाई संगठित गर्दै बहुजन समाज निर्माण गर्ने उद्देश्यबारे प्रष्ट्याएका छन् । पार्टीको नीति, विचारधारा तथा संगठन विस्तारका लागि यो यात्रा देशव्यापी रूपमा निरन्तर चलिरहने पासवानले जानकारी दिए ।
सहभागीले बहुजन एकता पार्टीको विचारधारालाई आत्मसात गर्दै संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।