logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

उखुमा पानी पटाइरहेका किसानको करेन्ट लागेर मृत्यु


  • उज्यालो अभियान

बलरा, १२ चैत – सर्लाहीको बलरामा मंगलबार दिउँसो करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।

उखु खेतीमा विद्युतीय मोटर चलाएर पानी पटाउनेक्रममा करेन्ट लागेर बलरा नगरपालिका–४, का ६५ वर्षीय गणेशप्रसाद सिंहको मृत्यु भएको हो । करेन्ट लागेर अचेत भएका सिंहलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लैजाँदा चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।