बागमती, ११ चैत – सर्लाहीको बागमती र हरिवन नगरपालिकामा अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर प्रदान गरिएको छ ।
संगम बुक्स पब्लिकेशनले बागमती र हरिवनका ६ जना अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर उपलब्ध गराएको हो । पब्लिकेशनका प्रवन्ध निर्देशक एसपी सापकोटा, संचालक मनिष बराल, अमेरिकामा रहेका वसन्त सापकोटा, बागमती १२ का वडा अध्यक्षका प्रत्यासी जयबहादुर गोलेलगायतको समन्वयमा दुई पालिकाका अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर उपलब्ध गराइएको सामाजिक व्यक्तित्व तेजनारायण आले मगरले जानकारी दिए ।
ती ह्वील चेयर अपाङ्गता भएका व्यक्तिलाई घरमै गएर वितरण गरिएको छ ।