logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी र नवलपुरका १९ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन


  • उज्यालो अभियान

नवलपुर, १० चैत – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाहीको लालबन्दी र नवलपुरका १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका छन् ।

उनी निजी अस्पताल तथा स्वास्थ्य संस्थाको अनुगमन गर्न गएसाँझ लालबन्दी आइपुगेका थिए । त्यसक्रममा अवैद्य ढंगले संचालित लालबन्दी र नवलपुर बजारका १९ वटा स्वास्थ्य संस्था तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

अनुगमन गरिएकामध्ये दुईवटाको कागजात दुरुस्त र बाँकी दुईवटाको नवीकरण फेल भएकाले तत्काल नवीकरण गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।