लालबन्दी, ०९ चैत – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह अस्पताल अनुुगमनका क्रममा आज साँझ सर्लाहीको लालबन्दी बजार आइपुुगेका छन् ।
उनले अहिले पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी बजार क्षेत्रमा रहेका अस्पतालको अनुुगमन गरिरहेका छन् । मुख्यमन्त्री सिंहले केही साताअघि नवलपुरका निजी अस्पताल तथा पोलिक्लिनिक अनुुगमन गरी अवैध रहेकालाई बन्द गराएका थिए ।
मुख्यमन्त्रीले बन्द गराएका पोलिक्लिनिक अहिले संचालनमा छन् ।
मुख्यमन्त्री सिंह अहिले प्रदेशभरकै अस्पतालको अनुुगमनमा रहेका छन् ।