logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेपाल सांस्कृतिक महासंघको सभापतिमा गुर्मछान चयन


  • उज्यालो अभियान

लालबन्दी, ०९ चैत – नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघ सर्लाहीको सभापतिमा नारायण गुर्मछान चयन भएका छन् ।

लालबन्दीस्थित पुरानो नगरपालिका सभाहलमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनले गुर्मछानको नेतृत्वमा सर्वसम्मतरुपमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । महासंघको नवगठित कार्य समितिको उपसभापतिमा निलम मैनाली, सचिवमा सुशील गजमेरलगायत अन्य पदाधिकारी तथा सदस्य चयन भएका नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।

नेपाल सांस्कृतिक महासंघका निवर्तमान जिल्ला सभापति मदनबहादुर विश्वकर्माको अध्यक्षता तथा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सभापति तीर्थ थापा, महासंघकै महामन्त्री शिवशंकर रिजाल, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यलगायतको आतिथ्यता रहेको थियो ।