logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नवलपुरको रेल्वे ट्रयाकबाट लागुऔषधसहित एक युवक पक्राउ


  • उज्यालो अभियान

लालबन्दी, ०९ चैत – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–२, रेल्वे ट्रयाकबाट लागुुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनामा गाउँपालिका–२, का ३५ वर्षीय रामपुजन साह सुुढी रहेका छन् । महोत्तरीको बर्दिवासबाट सर्लाहीको डाबरीतर्फ साहले लागुुऔषध बोकेर आउँदै गरेको सूचनाका आधारमा परिचालित लालबन्दी प्रहरीले नवलपुरस्थित रेल्वे ट्रयाकबाट उनलाई नियन्त्रणमा लिन सफल भएको हो । ज.१२ प ६१२१ नम्वरको मोटरसाइकलमा लागुुऔषध लिएर आउँदै गर्दा साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

इन्स्पेक्टर पाठकका अनुसार साहको साथबाट वनरेक्स एक सय एमएल ६५ बोतल र स्पास्मो–प्रोक्सिभन प्लस १४४ ट्याब्लेट बरामद गरिएको छ । साहलाई सर्लाही जिल्ला अदालतबाट १५ दिनको म्याद लिएर लालबन्दी प्रहरीको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ ।