logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ग्लोबल मनी वीक २०२५ सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, ०८ चैत – वित्तीय साक्षरताका लागि प्रत्येक वर्ष विश्वभर मनाइने ग्लोबल मनी वीक २०२५ अन्तर्गत आज सर्लाहीको लालबन्दीमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

लालबन्दी बैंकर्स समूहको आयोजनामा भएको कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ‘अनुकरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्वक खर्च गरौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरूले वित्तीय ज्ञान र सचेतना सम्बन्धी प्लेकार्ड तथा ब्यानर बोकेर प्रभातफेरी गरेका थिए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्थानीय प्रतिनिधि तथा नागरिकहरूको उपस्थिति रहेको थियो । सो अवसरमा डिजिटल बैंकिङ, साइबर सुरक्षासम्बन्धी जनचेतना बढाउनका लागि विभिन्न सन्देशहरू समेत प्रवाह गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले बैंकिङ सुरक्षासम्बन्धी सतर्कता अपनाउनुपर्ने आवश्यकता बारे जानकारी गराएको एनएमबि बैंक लालबन्दी शाखा प्रमुख अरुण आचार्यले उज्यालो अभियानसँग बताए ।

ग्लोबल मनी वीक २०२५ कै अवसरमा सदरमुकाम मलंगवासहित जिल्लाका अन्य व्यापारिक केन्द्रमा पनि आज बिहान र्याली निकालिएको छ ।