logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गाडीको ठक्करबाट बालकको मृत्यु, तीन घाइते


  • उज्यालो अभियान

बलरा, ०३ चैत – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–८, बालुवाभारमा स्कारपियोको ठक्करबाट एक बालंकको मृत्यु भएको छ ।

दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । शनिबार राति हुलाकी सडकमा पार्किङ गरेर राखिएको बीआर ०६ पि ई २८२० नम्वरको जिपलाई बालुवाभारबाट मधुवनी गाउँतर्फ जाँदै गरेको बीआर ३० ए ई २४९० नम्वरको स्कारपियो गाडीले ठक्कर दिँदा अनियन्त्रित भइ सडक छेउमा बसिरहेका मानिसहरुलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट भारतको सितामढी थाना बरगनिया नन्दबारा ग्रामपञ्चायत घर भइ बलरास्थित मामाघर आएका रामेश्वर साहका छोरा पाँच वर्षीय पियुषकुमार साहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।

दुर्घटनामा बलरा नगरपालिका–८, का महेश साहकी छोरी पाँच वर्षीया आशिका कुमारी, ६५ वर्षीय सुनिलाल महतो र ४० वर्षीया लीला देवी घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ । दुर्घटनापछि स्कारपियो चालक गाडी छाडेर फरार भएका छन् ।

प्रहरीले स्कारपियो नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी गरिरहेको डिएसपी राईले बताए ।

यसैबीच सदरमुकाम मलंगवामा तीन दिनअघि एक जनाको ज्यान जाने गरी भएको दुर्घटनामा संलग्न ज.१ च ५९२ नम्वरको एम्बुलेन्स प्रहरीले आज नियन्त्रणमा लिन सफल भएको छ ।