logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मजदुरको चुनावमा माओवादी केन्द्र निकट संगठन बिजयी


  • उज्यालो अभियान

हरिवन, २६ फागुन – सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा भएको आधिकारिक टे«ड युनियनको निर्वाचनमा माओवादी केन्द्र निकट संगठन बिजयी भएको छ ।

हिजो सम्पन्न भएको निर्वाचनबाट २०६ मत प्राप्त गर्दै माओवादी केन्द्र निकट अखिल नेपाल औधोगिक मजदुर संघ बिजयी भएको हो । नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियनको पक्षमा ६७ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

३२३ जना मजदुर आवद्ध रहेको आधिकारिक टे«ड युनियनमा हिजो सम्पन्न मतदानमा ३१७ मत खसेको थियो ।

जिसँगै माओवादी केन्द्र निकट मजदुर संगठनले अब इन्दुशंकर चिनी उद्योगमा आधिकारिक टे«ड युनियनको नेतृत्व लिने छ ।