logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

घेदुङ बागमतीको अध्यक्षमा दोङ


  • उज्यालो अभियान

बागमती, २५ फागुन – नेपाल तामाङ घेदुुङ बागमती नगर समितिको अध्यक्षमा रोशन दोङ तामाङ चयन भएका छन् ।

हिजो बागमती १ स्थित सीता प्यालेस होटलमा सम्पन्न घेदुुङको तेस्रो नगर अधिवेशनले दोङको नेतृत्वमा सर्वसम्मत रुपमा १३ सदस्यीय नगर समिति गठन गरिएको हो । घेदुुङ बागमतीको नवगठित समितिको उपाध्यक्षमा अशोक घिसिङ र फूलमाया वाइबा, सचिवमा चन्द्रबहादुर जिम्बा, सहसचिवमा किर्तिमान घिसिङ, कोषाध्यक्षमा सर्मिला स्याङतान लगायत अन्य सदस्य रहेका छन् ।

नगर अध्यक्ष जयबहादुर गोलेको अध्यक्षता तथा केन्द्रीय सदस्य जयमान पाख्रिनको प्रमुख आतिथ्यता, कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामा र सर्लाही घेदुुङका अध्यक्ष वुद्ध थिङको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।