लालबन्दी, २४ फागुन – लालबन्दीमा शुक्रबारदेखि सुरु भएको दोस्रो लालबन्दी महोत्सवमा आजबाट कलाकारले प्रस्तुति दिन सुरु गर्दै छन् ।
महत्वको प्रमुख आकर्षणका रुपमा आजबाट कलाकारले प्रस्तुति दिन सुरु गर्ने भएका हुन् ।
महोत्सवमा आज चर्चित लोकदोहोरी कलाकार नवराज घोरासैनीसहित अनु चौधरी, कर्णराज गिरी, राजन खैराते, प्रमिला आले, अनित विष्टलगायतका गायकको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आर्थिक समुद्धि र स्वरोजगारको आधार-कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नारासहित हिजोदेखि लालबन्दी ९ स्थित भूदेव खाद्य उद्योग (गोल्छा) पसिरसरमा महोत्सव सुरु भएको हो ।