logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवन नगरपालिकालाई सडक मानवमुक्त पालिका घोषणा गरिँदै


  • उज्यालो अभियान

हरिवन, २२ फागुन – सर्लाहीको हरिवन नगरपालिकालाई आज सडक मानवमुक्त पालिका घोषणा गरिँदै छ ।

हरिवन ११ स्थित सुर्तिविका खेल मैदानमा मानवसेवा आश्रमको भवन निर्माणमा लागि सहयोग जुटाउन लागिएको श्रीमद् भागवत सप्ताहज्ञान महायज्ञकै समारोहमा हरिवनलाई सडक मानवमुक्त पालिका घोषणा गर्न लागिएको हो ।

मेयर रमेश बुढाथोकी कमलले कार्यक्रमको तयारी पूरा भएको उज्यालो अभियानसँग बताए । उनले मधेश प्रदेशकै पहिलो पालिका हरिवन सडक मानवमुक्त बन्ने दावी समेत गरे ।