logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ईश्वरपुर नगरपालिकाको १३ औँ नगर सभा


  • उज्यालो अभियान

बयलवास, २० फागुन – हिउँदे अधिवेशन अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाले आज १३ औँ नगरसभा गरेको छ ।

स्थानीय तहले असारमा र माघ/फागुनमा गरी दुुई पटक नगर तथा गाउँसभा गर्ने गर्छन । असारको सभाले बजेट पारित गर्छ भने हिउँदे नगरसभाले बजेट तथा कार्यक्रममाथि संशोधनलगायतका निर्णय गर्न सक्छ ।

सोही बमोजिम ईश्वरपुर नगरपालिकाले आज नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, वडाध्यक्ष, नगरसभा सदस्यलगायतको उपस्थितिमा नियमित हिउँदे नगर अधिवेशनको नगरसभा गरेको हो ।