logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको मौसम सफा


  • उज्यालो अभियान

लालबन्दी, १८ फागुन – सर्लाहीको मौसम आज सफा रहेको छ ।

बिहानैबाट घाम लागेर जिल्लाभरको मौसम उघ्रिएको हो । यसअघि हिजो अपरान्हपख उत्तरी भेगको बागमती, हरिवन, लालबन्दीसहितका क्षेत्रमा केहीबेर हावाहुरीसहित पानी छिट्याएको छ ।

हावा चलेर केही बेर पानी छिट्याएपनि ठूलो वर्षा भने हुन सकेन । सर्लाहीसहित मधेशका किसान हिउँदे वर्षाको प्रतिक्षामा बसेका छन् । काठमाडौँ उपत्यका, हिमाली तथा पहाडी भेगमा वर्षा र हिमपात भएपनि तराई भेगमा मौसम बदली हुने तर वर्षा नहुने भइरहेको छ ।

तराई भेगमा विस्तारै दिउँसोपख गर्मी चढ्न थालेको छ । हिजो एकैछिन हावाहुरी र पानी छिट्उँदा यहाँ प्रदुुषण केही घटेको देखिन्छ ।

यसैबिच सर्लाहीसँगै सीमा जोडिएको चुरेभेगस्थित हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा गएसाँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते भएका छन् ।