logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा मनाइयो ४३ औं राष्ट्रिय मगर एकता दिवस


  • उज्यालो अभियान

हरिवन, १५ फागुन – सर्लाहीसहित देशैभरका मगर समुदायले आज ४३ औं राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर संघको स्थापनाका अवसरमा हरेक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा सर्लाहीमा आज नेपाल मगर संघ जिल्ला कार्य समितिको आयोजनामा हरिवन नगरपालिका ११ स्थित सुर्तिविकास चौरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरिएको छ ।

संघका जिल्ला अध्यक्ष पूर्णबहादुर राना मगरको अध्यक्षता तथा केन्द्रीय महासचिव एकबहादुर लाम्जाली मगरको प्रमुख आतिथ्यतामा मगर एकता दिवस मनाइएको हो । कार्यक्रममा मधेश प्रदेशसभा सदस्य बेची लुंगेली, नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य लेखराम जर्गा मगर (अर्जुन), मधेश प्रदेशका महासचिव तेजनारायण आले मगर र हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको विशिष्ठ आतिथ्यता रहेको थियो ।

त्यस्तै, नेपाल मगर संघका प्रदेश प्रदेश सहसचिव कामना क्याप्छाकी मगर, संघकै प्रदेश प्रदेश सदस्य बालकृष्ण दर्लामी मगर, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकी मगर, नेपाल मगर संघ सर्लाहीका पूर्व सचिव हरिबहादुर लुंगेली मगरलगायतको आतिथ्यता रहेको थियो ।

कृष पुलामी संयोजक रहेको कार्यक्रममा लोकदोहोरी गायिका कालिका पुन मगरले मगर गीतसंगितमा आफ्नो प्रस्तुति दिएका छन् । कार्यक्रममा मिलनचोक लांघाली लाफा ग्रुपबाट पन्चेबाजा र कौडा नृत्य प्रस्तुत भएको नेपाल मगर संघ मधेश प्रदेशका महासचिव तेजनारायण आले मगरले जानकारी दिए । उनका अनुसार कार्यक्रम सुरु हुुनुअघि हरिवनमा मगर समुदायको भेषभुषा र बाजागाजासहित नगर परक्रमा गरिएको थियो ।