प्रतिकात्मक तस्बिर ।
बलरा, १५ असाेज – ४ दिनदेखि वेपत्ता एक युवक बागमती खाेलाकाे भेलमा डुबेकाे अवस्थामा मृत फेला परेका छन् ।
बलरा नगरपालिका-१ हथियाैल निवासी संजय गिरीको छोरा २७ वर्षीय पवन गिरीकाे शव मंगलबार बिहान साँढे ११ बजे शव फेला परेकाे हाे । बलरा नगरपालिका-३ लक्ष्मीपुर स्थित नेपाल-भारत सिमाकाे दशगजा छेउ सिताराम पंडितको उखु वारीमा बागमती नदिकाे भेलबाट जमेको पानीमा डुबेकाे अवस्थामा गाउँलेले गिरीकाे शव फेला पारेका हुन् ।
प्रहरीका अनुसार गिरी बा.२७ प ९२०८ नम्बरकाे माेटरसाईकलमा गत शुक्रबार साँझ साँढे ६ बजेतिर भारतको बसबिट्टा बजार जान्छु भनि हिँडेपश्चात सम्पर्कबिहिन भएका थिए । भारतबाट फर्कने क्रममा शुक्रबार राती वा शनिबार बिहान बाँध फाेडेर गाउँ पसेकाे बागमतीकाे भेलमा परेर गिरी डुबेकाे हुनसक्ने अनुमान गरिएकाे छ । मृतककाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा पठाईएकाे स्थानीय प्रहरीले जनायाे ।
शुक्रबारयता परेकाे अविरल वर्षाका कारण बागमतिकाे भेलमा परेर वेपत्ता भएका बलराकै १ बालक सहित २ जनाकाे तथा बागमतीका १ युवाकाे स्थानीय साेतिखाेलामा शव फेला परेकाे छ ।
याे पनि पढ्नाेस्
साेतिखाेलामा वेपत्ता किशाेरकाे शव फेला
४ दिनदेखि बेपत्ता बालककाे शव भेटियाे
बागमतीकाे बाढीले सर्लाहीकाे दक्षीणी क्षेत्रमा मच्चाएकाे `ताण्डव’ (तस्बिरहरु)