logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

साेतिखाेलामा वेपत्ता किशाेरकाे शव फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बरहथवा, १४ असोज – गत शनिबारदेखि वेपत्ता सर्लाहीको बागमती नगरपालिका-९, निवासी किशोरको शव फेला परेकाे छ ।

१५ वर्षीय मुकेश महताेकाे शव साेमबार साँझ साँढे ५ बजे साेतिखाेलामै फेला परेकाे ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गाैतम थापाले जानकारी दिए । मानसिक सन्तुलन ठीक नरहेका मुकेश बाढी आइरहेका बेला यताउता हिँडिरहँदा गत शनिबार साेतिखाेलामा खसेका थिए ।

खसेकै ठाउँ नजिक मुकेशकाे शव कुहिसकेकाे अवस्थामा साेमबार साँझ फेला परेकाे प्रहरीले जनाएकाे छ ।