नवलपुर, २१ असार – नेपाली कांग्रेसका स्वर्गिय नेता रामहरि जोशीको वार्षिक पुण्य तिथी (स्मृति दिवस) मा उनको परिवारले जुटपानी आश्रममा भोजन गराएको छ ।
मलंगवा निवासी दिवगंत जोशीको परिवारले हिजो बेलुका लालबन्दी २ स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा भोजन गराएको हो ।
आश्रममा आश्रय लिएर बस्ने बुवाआमालाई माय गरेर स्वर्गिय जोशीका भाईबुहारी अहिले ललितपुर थसिखेल बस्ने ध्रुव जोशी र वीणा जोशीले आश्रममा भोजन गराएका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन ।