सर्लाही जिल्ला अदालत परिसरमा रामबहादुर बम्जन । (तस्बिर : उज्यालाे अभियान)
मलंगवा, २६ पुस – ‘तपस्वी’ रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको छ ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसपछि ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दाका आरोपित बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । जलेश्वर कारागारा चलान गर्ने तयारी भइरहेको छ ।
बम्जनलाई प्रहरीले गएराति मात्रै काठमाडौँबाट ल्याएर विहिबार बिहान सर्लाही जिल्ला अदालतमा पेश गरेको थियो ।
याे पनि पढ्नाेस्
कति वर्ष जेल पर्न सक्छन् ‘तपस्वी’ बम्जन ?
‘तपस्वी’ बम्जनको मुद्दामा थुनछेक बहस प्रारम्भ, अदालत परिसरमा सुरक्षा व्यवस्था कडा