मलंगवा, २६ पुस – विभिन्न जिल्लाहरुमा आश्रम खोलेर अनुयायीमाथि बलात्कार, हत्या तथा वेपत्ता पारेको आरोप लागेका अभियुक्त ‘तपस्वी’ राम बहादुर बम्जन भन्ने रामलाल बम्जनलाई प्रहरीले विहिबार बिहान २ बजे सर्लाही ल्याएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को टोलीले बुढानिलकण्ठ स्थित निवासबाटै पक्राउ गरी बम्जनलाई विहिबार बिहान जिल्ला प्रहरी कार्यालय मलंगवालाई बुझाएको हो । अब बम्जनलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले सर्लाही जिल्ला अदालतमा पेश गर्नेछ ।
१५ वर्षीया बालिकालाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग लागेका बम्जनको मुद्धा सर्लाही जिल्ला अदालत मलंगवाका न्यायाधिश सूर्य बहादुर थापा, विनोद कुमार गौतम, फणीन्द्र प्रसाद पराजुली र विष्णु प्रसाद रेग्मी मध्ये एकजनाले हेर्नेछन् । ६ जना न्यायाधिश मध्य १ नम्बर न्यायाधिश कमल प्रसाद पोखरेल तथा अर्का न्यायाधिश चन्द्रकान्त पौडेलको सरुवा भईसकेको हुँदा उनिहरु सर्लाहीमै भएपनि बम्जनको मुद्धामा सहभागि हुने छैनन् ।
मुद्धाहरुको ईजलास तोक्नका लागि ४ जना न्यायाधिशबीच हुने गोलाप्रथामा जसको भागमा पर्छ उनै न्यायाधिशले ‘तपस्वि’ बम्जनको मुद्धा हेर्ने जिल्ला अदालत स्रोतले जनाएको छ । ‘जो श्रीमानको गोला पर्छ उहाँले नै बम्जनको मिसिल हेर्ने र सनाखत गराउने तथा बयान लिने काम सूरु हुन्छ’, जिल्ला अदालत स्रोतले उज्यालो अभियानसँग भन्यो, ‘मिसिल सनाखत गराउने एवं बयानको काम सकिने बितिकै थुनछेकको बहस सूरु हुन्छ ।’ थुनामा राख्ने की ? धरौटीमा छाड्ने की ? वा साधारण तारेखमै छाड्ने ? भन्ने विषयमा जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरु तथा अभियुक्त बम्जनका वकिलहरुले ईजलासमा बहस गर्नेछन् ।
यो पनि पढ्नोस्
‘तपस्वी’ बोम्जनलाई सर्लाही ल्याइयो, आज अदालत पेश गरिने
सर्लाही ल्याएपछि रामबहादुर बम्जनमाथि कसरी हुन्छ अनुसन्धान ?
तपस्वी बम्जनलाई खोज्दै सर्लाही प्रहरी, पत्थरकोट आश्रममा भेटिएनन