logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

‘तपस्वी’ बम्जनको मुद्दामा थुनछेक बहस प्रारम्भ, अदालत परिसरमा सुरक्षा व्यवस्था कडा


  • उज्यालो अभियान

सर्लाही जिल्ला अदालत परिसरमा रामबहादुर बम्जन । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा – ‘तपस्वी’ रामबहादुर बम्जन भन्ने रामलाल बम्जनको मुद्दामा थुनछेक बहस सुरु भएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनको बयान लिएपछि थुनछेक बहस प्रारम्भ भएको अदालतका श्रेस्तेदार सदन अधिकारीले उज्यालो अभियानसँग बताए ।

बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दा दायर छ । बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म सजायको माग दाबीसहित अभियोग दर्ता भएको छ ।

बम्जनको तर्फबाट दुई जना कानून व्यवसायीले वकालत गर्न वकालत नामा भराएका छन् । सरकारको तर्फबाट जिल्ला न्यायाधीवक्ता कैलाश दाहालले बहस गरिरहेका छन् ।

न्यायाधीश रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षमा थुनामा पठाउने, धरौटी माग्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश आजै गर्ने सम्भावना छ ।

सर्लाही जिल्ला अदालतमा परिसरमा अहिले व्यापक मात्रामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालतबाहिर बम्जनका अनुयायीको पनि भीड बढ्दै छ ।