logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनमा ४० घर विपन्नलाई फाइबर सिरक वितरण


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा ४० घर अतिविपन्न परिवारलाई न्यानो फाइबर सिरक वितरण गरिएको छ ।

जननी शैलेश फाउण्डेसनले हरिवन नगरपालिका १, ७ र ८ मा आर्थिक अवस्था कमजोर रहेका ४० परिवारलाई एक/एक थान फाइबर सिरक प्रदान गरेको हो । फाउण्डेसनले चिसो मौसममा हरेक वर्ष विपन्नलाई न्यानो कपडा प्रदान गर्दै आइरहेको छ ।

हरिवन १ मा वडाध्यक्ष टमबहादुर घिसिङ तथा वडा नं. ७, ८ मा धनराज बुढाथोकी (रामहरी) र जिनलभ मोक्तानको नेतृत्वमा फाइबर सिरक वितरण गरिएको हो ।