लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका ५ शान्तिटोलका एक अतिविपन्न परिकारका बालकलाई एभरेष्ट आवासिय विद्यालयले कक्षा १० सम्म निःशुल्क पढाईदिने भएको छ ।
लालबन्दी ५ मै रहेको विद्यालयले आर्थिक अवस्था दयनीय रहेको गोपाल घिसिङका छोरा रुन्द्रबहादुरलाई १० कक्षासम्म बिनाशुल्क अध्ययन गराईदिने भएको हो । एक गरिब परिवारको बालकलाई विद्यालयले निःशुल्क पढाईदिने प्रतिवद्धता जनाएपछि लालबन्दी ५ को वडा कार्यालयले बुधबार विद्यालयलाई सम्मान–पत्रसहित सम्मान नै गरेको छ ।
लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) ले विद्यालयका प्रिन्सीपल राजु पजियारलाई बुधबार वडा कार्यालयमै बोलाएर सम्मान–पत्र प्रदान गरी सम्मान गर्दै एक जना गरिबको छोरालाई १० सम्म निःशुल्क पढाउने प्रतिवद्धता जनाएर शिक्षाको ज्योति प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।