logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बयलवासबाट कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ


  • उज्यालो अभियान

हतियारसहित पक्राउ परेका युवक र उनको साथबाट बरामद पेस्तोल र गोली ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारबाट बुधबार हतियारसहित एक युवक पक्राउ परेका छन् ।

ईश्वरपुर नगरपालिका–५, नरेशखोरका २२ वर्षीय सन्जितकुमार महतो हतियारसहित पक्राउ परेका हुन् । महतोको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार महतो मोटरसाइकल चोरी गर्ने घटनामा संलग्न हुँदै आएका थिए । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका पीडितसँग पैसा असुल्ने गरेको उजुरीको आधारमा प्रहरीले विशेष सुराकीको आधारमा महतोलाई बुधबार मध्यान्ह ईश्वरपपुर नगरपालिका–६, बयलवास बजारबाट पक्राउ गरेको हो ।

महतोले मोटरसाइकल चोरी गरी पीडितलाई भारतसम्म बोलाएर २५, ३० हजार रुपियाँ माग्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय श्रेष्ठले बताए

महतोलाई नियन्त्रणमा लिएर खानतलासी लिँदा उनले शरीरमा लुकाएर बोकेको पेस्तोल र गोली बरामद भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् । मोटरसाइकल चोरीमा संलग्न गिरोहका अन्य व्यक्तिको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।