त्रिभुवननगर – भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४, त्रिभुवननगरबाट बुधबार दिउँसो लागूऔषधसहित लालबन्दीका एक युवक पक्राउ परेका छन् ।
भारत तर्फबाट ना ४१ प ३६१४ नम्वरको मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गर्दा लालबन्दी नगरपालिका ७ बस्ने ३१ वर्षीय चन्दन गुप्ता पक्राउ परेका हुन् । मोटरसाइकलसहित पक्राउ परेका गुप्ताले पछाडि बोकेको झोलाबाट कोडिवेल नामक सिरफ सय एमएलको ६७ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई हिरासतमा राखी थप अनुसन्धान जारी छ । पछिल्लो समय हाईवे क्षेत्रका युवा बाक्लै मात्रामा लागूऔषध सेवन गर्न र लिनका लागि सीमापारी भारतीय बजारमा पुग्ने गरेका छन् ।
त्यसरी लागूऔषध बोकेर आउने युवालाई प्रहरीले पक्राउ गरी कारवाही चलाउँदै आएको छ ।