लालबन्दी – नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सभापतिमा पुनः ध्रुवप्रसाद घिमिरे चयन भएका छन् ।
शनिबार सम्पन्न १५ औँ उपशाखा सभाले घिमिरेको नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिमा सभापति ध्रुवप्रसाद घिमिरे, उपसभापति सरिता कटुवाल, सचिव भरत प्रसाद गौतम, सहसचिव कृष्ण भण्डारी र कोषाध्यक्षमा टिकाप्रसाद चौलागाई चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा भरतप्रसाद घिमिरे, रामचन्द्र महतो कोइरी, चिरन्जीवी खतिवडा, रेखा जोशी, चन्द्रदेव श्रेष्ठ र मन्दिरा आचार्य रहेका छन् । प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित रेडक्रसको उपशाखा सभामा लालबन्दीका मेयर बासुदेव अधिकारी, पूर्व मेयर मानबहादुर खड्का, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थालाई सहयोग गर्ने सहयोगी दाता, ज्येष्ठ सदस्य लगायतलाई दोसल्ला ओढाएर सम्मान–पत्रसहित सम्मान गरिएको छ ।