घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा द्वन्द्व पीडित बालगृह संचालन गरिरहेको चेतना सन्देश नेपालको अध्यक्षमा पुनः सुरेन्द्र लामा चयन भएका छन् ।
शनिबार सम्पन्न संस्थाको १९ औँ वार्षिक साधारण सभाले फेरि लामाकै अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा बालगृहकी अर्की अभिभावक एवं प्रदेशसभा सदस्य बेची लुंगेली, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, हरिवन ५ का वडाध्यक्ष नागेन्द्र साहलगायतको आतिथ्यता रहेको थियो ।
चेतना सन्देश नेपालले संचालन गरेको बाल गृहमा अहिले ३० जना बालबालिकालाई पालनपोषणसहित आश्रय दिएर राखिएको छ ।