logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सन्जय बने मधेश सरकारको बिना विभागिय मन्त्री


  • उज्यालो अभियान

कविलासी – सर्लाहीको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य सन्जयकुमार यादव मधेश सरकारको बिना विभागिय मन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश राजधानी जनकपुरधाममा आज नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँगै जसपाबाट निर्वाचित कविलासी नगरपालिका १० सलेमपुर निवासी प्रदेश सभा सदस्य सन्जयले पनि विना विभागिय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् । सन्जयसँगै एमालेका सरोज यादव र जनमत पार्टीका वसन्त कुशवाहाले पनि विनाविभागिय मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

सत्ता गठबन्धनमा मन्त्रालय बाँटफाँटमा सहमति नभएपछि बिनाविभागीय मन्त्रीको रुपमा पार्टीहरुले आफ्ना नेतालाई सरकारमा पठाएका हुन् । भौतिक पूर्वधार, सामाजिक विकास, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय मध्ये एक–एकवटा मन्त्रालय लिने सत्तारुढ गठबन्धनले मापदण्ड बनाएको थियो तर त्यसमा कुन मन्त्रालय कुन पार्टीले लिनेबारे कुरा मिल्न सकेको छैन् ।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख हरिशंखर मिश्रबाट सपथ लिएलगत्तै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।