logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लखन्देखीमा जथाभावी उत्खनन गर्ने दुई जेसिबी र नौ टिपर प्रहरीको नियन्त्रणमा


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको नवलपुरस्थित लखन्देखी खोलामा मनपरी उत्खनन गर्ने २ जेसिबी र ९ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देखी पुलदेखि झण्डै १ किलोमिटर उत्तरमा मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसिबी र टिपरलाई प्रहरीले शुक्रबार दिउँसो चालकसहित नियन्त्रणमा लिएको हो । अवैध उत्खननमा संलग्न जेसिबी र टिपर अहिले इलाका प्रहरी कार्यालय नवलपुरमा ल्याई राखिएको छ ।

प्रहरीले ना ७ ख २६६५, ना ७ ख ८९२१, ना ७ ख ५९९५, ना ७ ख ५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०३–००१ ख ०२०१ नम्वरको टिपर र दुई वटा जेसिबी रहेका छन् । ठेक्का लागेपनि त्यहाँ निकै गहिरो खाल्डो बनाएर जोखिम निम्तने गरी उत्खनन भइरहेको पाइएको छ ।

जेसिबी र टिपर नियन्त्रणमा लिनका लागि लालबन्दी र हरिवनबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा प्रहरी टोली पुगेको थियो । सर्लाही प्रहरीका प्रमुख एसपी नरेशराज सुवेदीले जेसिबी र टिपरलाई चालकसहितत नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उज्यालो अभियानसँग बताए ।

लखन्देखी खोलामा पुल छेउछाउमै पनि देखादेखी अवैध उत्खनन हुने गरेको छ । लखन्देहीसहित जिल्लाको बागमती, फूलजोर, बाँकेलगायतका खोलामा ढुंगा, गिटी, बालुवाको जथाभावी उत्खनन हुने गरेको छ ।