logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

माघी पर्वको अवसरमा हरिपुरमा थप एक दिन बिदा


  • उज्यालो अभियान

हरिपुर – थारु समुदायको महान पर्व माघीको अवसरमा सर्लाहीको हरिपुर नगरपालिकाले थप एक दिन बिदा दिएको छ ।

नगरप्रमुख गोपाल पजियारले शुक्रबार सूचना जारी गरी माघे संक्रान्ति अर्थात् तिला संक्रान्तिको अवसरमा माघ २ गते स्थानीय बिदा दिइएको जानकारी गराएका हुन् । माघ २ गते नगरपालिका क्षेत्रमा विशेष माघी महोत्सव समेत आयोजना हुने भएकाले नगरपालिका तथा नगरपालिका अन्तर्गत वडा कार्यालय, विद्यालय र आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थामा उक्त दिन बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिए ।

माघ १ गते संघीय सरकारले बिदा दिने भएको हुँदा २ गते स्थानीय बिदा दिइएको हरिपुर नगरपालिकाले जनाएको छ । हरिपुर थारु समुदायको बाक्लो बसोवास भएको नगरपालिका हो । यहाँ ४० प्रतिसत भन्दा बढी थारु समुदायको बसोवास छ ।

अघिल्ला वर्षहरुमा पनि यो नगरपालिकाले माघीको अवसरमा स्थानीय बिदा दिने गथ्र्यो । पछिल्लो कानूनमा स्थानीय तह आफैले विभिन्न पर्व तथा अवसरमा कार्यपालिकाबाट निर्णय गरी आफ्नो पालिकाभित्र बिदा दिन सक्ने छन् ।