logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीका ‘मिटरब्याजी’ पीडितको संघर्ष समिति गठन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीमा ‘मिटरब्याजी’ पीडितहरुले संघर्ष समिति गठन गरेका छन् ।

बिहीबार हरिवनमा भएको जिल्लाभरीका मिटरब्याजी पीडितहरुको भेलाले रुकमिनी चौधरी संयोजक रहेको ११ सदस्यीय संघर्ष समिति गठन गरेको हो । समितिको अध्यक्षमा रवीन्द्र कुशवाहा, उपाध्यक्षमा श्रद्धा चौधरी, सचिवमा सोन्फी चौधरी, कोषाध्यक्षमा छविलाल साह, सह–सचिवमा जवाहार साहलगायत रहेका छन् ।

साहु महाजनले चर्को ब्याजमा ऋण दिएर बिल्लीबाठ बनाएपछि मिटरब्याजी पीडितले संघर्ष गर्दै आइरहेका छन् । कतिपय पीडितले मिटरब्याजमा ऋण लगानी गर्ने साहुले ऋण बुझाइसक्दा पनि ऋण मिनाह नगरेको भन्दै आन्दोलन गर्दै आइरहेका छन् ।

यो वर्ष पुनः माघ लागेपछि आफूहरुले मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको नवगठित संघर्ष समितिका अध्यक्ष रवीन्द्र कुशवाहाले बताए । मिटरब्याजमा ऋण लगानी गर्ने साहुविरुद्ध प्रशासनले केही समयअघि उजुरी नै लिएको थियो ।

मिटरब्याजी पीडितले जिल्लामा तथा संघीय राजधानी काठमाडौँमा समेत पुगेर आन्दोलन गर्दै आइरहेका छन् । पीडितहरुको बिहीबारको भेलामा मिटरब्याजी साहुविरुद्धको आन्दोलनमा योगदान पुर्याएका स्वर्गिय डाचाराज वाग्लेप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।