logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

होटल व्यवसायीलाई होटल व्यवस्थापन तथा अतिथि सत्कार तालिम प्रदान


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा बुधबार जिल्लाभरीका होटल संचालकहरुलाई होटल व्यवस्थापन तथा अतिथि सत्कार सम्वन्धि तालिम प्रदान गरिएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको आयोजना, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान शाखा कार्यालय बर्दिवास (नाथम कलेज) को समन्वय र होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीको सहकार्यमा यहाँका होटल व्यवसायीहरुलाई होटल के हो ? होटलको व्यवस्थापन कसरी गर्ने ? अतिथिहरुलाई कसरी सत्कार गर्ने ? भनी तालिम प्रदान गरिएको हो ।

होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हीराकाजी योन्जनको अध्यक्षता तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका कोषाध्यक्ष बैकुण्ठ सापकोटाको प्रमुख आतिथ्यतामा आयोजित तालिमको संघका जिल्ला सदस्य अभिषेक नगरकोटीले संचालन गरेका थिए ।

सहभागी ४० जना होटल संचालक तथा व्यवस्थापकलाई नाथम कलेजबाट आएका सतिश मिश्र र निरज सुवेदीले तालिम प्रदान गरेका हुन् । तालिम संचालनका लागि संघका पूर्व महासचिव एवं होटल युनाईटेडका संचालक रमेश श्रेष्ठले हल उपलब्ध गराएका थिए ।