जब्दी – थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सर्लाहीको नवगठित कार्य समितिका पदाधिकारीहरुले बुधबार पदभार ग्रहण गरेका छन् ।
यही पुस २२ र २३ गते ईश्वरपुर नगरपालिका १५ सोकनाहमा सम्पन्न ८ औँ जिल्ला अधिवेशनले सूर्यनारायण चौधरी सभापति रहने गरी २१ सदस्यीय कार्य समिति गठन गरेको थियो । सोही समितिका पदाधिकारी तथा सदस्यहरुको बुधबार लालबन्दी नगरपालिका ३ जब्दीस्थित वडा कार्यालयको हलमा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री अमिरीलाल चौधरी, केन्द्रीय सल्लाहकार उदयनारायण चौधरी र आशनारायण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । नवनिर्वाचित पदाधिकारीहरुलाई थारु भेषभुषामा सभापति सूर्यनारायण चौधरीले थारु भाषामा नै शपथ ग्रहण गराएका थिए ।