logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाको सोमबार ११ औँ नगरसभा उद्घाटन गरिएको छ ।

नगरपालिकाको सभा हलमा संविधान सभाका सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा नगरसभाको औपचारिक उद्घाटन गरिएको हो । नगरप्रमुख गोपाल पजियारको अध्यक्षतामा आयोजित नगरसभाको उद्घाटन समारोहमा संविधान सभाका अर्का सदस्य रन्जना सरकार, नगर उपप्रमुख निलम देवि राय यादव, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, पूर्व नगरप्रमुख जमिरुदिन मन्सुर, इलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख विजय कुँवर, वडाध्यक्ष, नगरसभा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत भुजेलले आज नगरसभाको औपचारिक उद्घाटन गरिएको र अब केही दिनपछि अर्को बैठक डाकेर चालू आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रम संशोधनसहित विद्येयकहरु प्रस्तुत गरिने जानकारी दिए ।

जिल्लाका स्थानीय तहहरुले अहिले धमाधम गाउँ तथा नगरसभा गरिरहेका छन् । असारमा हुने सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन्छ भने अहिले भइरहेका गाउँ तथा नगरसभामा बजेट, कार्यक्रम संशोधनको निर्णय र विभिन्न विद्येयक प्रस्तुत गर्ने गरिन्छ ।