logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बरहथवामा सरसफाई अभियानको २५ औँ हप्ता पूरा


  • उज्यालो अभियान

बरहथवा – ‘सुन्दर बरहथवा, सफा बरहथवा’ भन्ने मूल नाराका साथ सर्लाहीको बरहथवामा जारी सरसफाई अभियानको २५ औँ हप्ता पूरा भएको छ ।

बरहथवा सरसफाई अभियान नामक समूहले प्रत्येक हप्ताको शनिबार बरहथवा नगरपालिकाको विभिन्न वडामा सरसफाई गर्दै आइरहेको छ । शनिबार बरहथवा नगरपालिका ११ हीरापुरमा सरसफाई गरी २५ औँ हप्ता पूरा गरिएको हो । बरहथवाका जागरुक युवाको समूहले ६ महिनाअघि देखि बरहथवा सरसफाई अभियान नामक समूह बनाएर यसरी साप्ताहिक रुपमा सरसफाई गर्दै आइरहेको छ ।

आफूहरुको अभियानलाई अहिले आएर बरहथवा युवा संजालसहित अन्य संघसंस्थाले पनि साथ दिइरहेको अभियानका संयोजक सुनिल यादवले जानकारी दिए ।